बारा २४ माघ :
नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानको चुनावी अभियान तीव्र गतिमा अगाडि बढेको छ। यसै क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा न.२ कमिटीको बिस्तारित बैठक पार्टीका उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता सिमरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपालको हरेक परिवर्तनको आन्दोलनको अगुवाई एमालेले गरेको बताउनुभयो । उहाँले एमाले काम र विचारमा सबैभन्दा अग्रणी भएको दाबी समेत गर्नुभयो।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्ण कुमार श्रेष्ठले आफू जनताका कामहरू गर्न सधैं कटिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि काम गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो। कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य एकवाल मिया,अरबिन्द सिंह, प्रदेश कमिटी सचिव मनोज पौडेलले आआफ्नो मन्तव्य राख्नुभएको थियो।
वडा कमिटीका अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य शुन्दर बिक, किशोर शर्मा,अमर यादव, सुनिल पाल,कमलेश झा ,चयन गुरुङ, आनन्द थामी ,भोला अधिकारी,हेमराज न्यौपाने , सिमा ठकुरी,अनिता लम्साल,आरिफ हुसेन ,अनिल गुप्ता,त्रिलोक ठकुरी ,बिष्णु सापकोटा ,रत्न उप्रेती ,धन बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो अवसरमा एमालेका उम्मेद्बार कृष्ण कुमर श्रेष्ठलाई जिताउन सुर्य चिन्हमा मतदान गरि बिजय बनाउन रविन्द्र खकुरेलको संयोजकत्वमा २५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य धनबहादुर श्रेष्ठ गर्नुभएको थियो भने वडा कमिटी सचिव बिशाल प्रसाद घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० मा पनि आजै निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटन बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य एक बाल मिया ,प्रदेश कमिटी सचिव मनोज पौडेल,जितपुर सिमराका अध्यक्ष त्रिलोक विक्रम शाह, कृष्ण खनाल ,रामकुमार महत्तो लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नवल महत्वले गर्नुभएको थियो। त्यसैगरी जितपुर सिमरा वडा नम्बर ४ र वडा नम्बर ५ मा पनि नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले सम्पर्क कार्यालयको उद्घाटन गर्नुब भएको छ।

