डुमरवाना–बडहर्वामा सडकखण्डमा दुर्घटना, पुर्व स्थायी शिक्षक शर्माको मृत्यु

२०८२ चैत्र १०, मंगलबार प्रकाशित

जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त अर्थात पुर्व स्थायी शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने ६१ वर्षीय केदारप्रसाद शर्मा रहेका छन् ।

डुमरवानाबाट प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई सोही दिशाबाट गुडिरहेको ना७त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उक्त ट्याक्टरले ठक्कर दिँदा शर्माको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र.०२–०३–००१ त नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो ।

ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा मेडिसिटी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिए ।

शर्मा सेवानिवृत्त शिक्षक हुन् । शर्माले पथलैया,सिमरासहित जीतपुरसिमरा भित्रका विद्यालयमा लामो समय अध्यापन गरेका थिए ।

Write your Comment