काेभिड १९ काे महामारी वीचमा श्रमिक र मे दिवस

१८ बैशाख २०७८, शनिबार २०:०० प्रकाशित

काेभिड १९ काे महामारी वीचमा श्रमिक र मे दिवस;

विश्व पृष्ठभूमि :

औधाेगिक क्रान्ति शुरु भए पछि, खास गरि अमेरिका लगायतका युराेपका देशहरुमा व्यापक कालकारखानाहरु स्थापना भएकाे इतिहास अध्ययन गर्न पाइन्छ र ती उद्योगहरुमा लाखाैं लाख मजदुर श्रमिकहरु काममा सहभागी रहेकाे थियाे र त्यस समयमा मजदुरहरुले दैनिक १८/१८ घण्टा काममा जबर्जस्ती सहभागी हुनु पर्दथ्याे । याे विभेदकाे विरुद्धमा मजदुरहरु संगठित हुँदै अधिकार प्राप्त गर्ने संघर्ष शुरु गरेकाे इतिहास अध्ययन गर्न पाइन्छ ।

मे दिवस अधिकार प्राप्त भएकाे दिनकाे सम्झनामा हरेक वर्षकाे मे १ दिन संसारका सबै मेहेनतकस श्रमिकहररुले हर्षाेउल्लासका मनाउने विश्वकाे श्रमिकहरुकाे महान पर्व हाे । सन् १८८६ देखि लगातार ४ वर्ष सम्म शिकागो अाैधाेगिक शहरका श्रमिक मजदुरहरुले ८ घण्टा कार्य दिन, ८ घण्टा अाराम र ८ घण्टा मनाेरञ्जनकाे माग राखेर बीरतापुर्वक संघर्ष गरेकाे दिनकाे विशेष सम्झनामा मे दिवस मनाइन्छ । सन् १८९० काे मे ४ दिन शिकागो अाैधाेगिक शहरकाे हे मार्केटमा लाखौं मजदुरहरु भेला भए र त्याे भेलामा प्रहरी ले जबर्जस्ती ढंगले दमन गरे जसमा वम, गाेली प्रहर गरेर ८ जना मजदुरलाई मारि दिए, ६० जना भन्दा वढी घाइते बनाए भने कैयाैं मजदुरलाई प्रकाउ गरेकाे र त्यस मध्ये ४ जना मुख्य अान्दाेलनका अगुवाइ गर्ने मजदुरहरूलाई फांसीकाे सजय दिएकाे दुखद दिन हाे मे १ ।

त्याे बलिदानपुर्ण संघर्षको जगमा ८ घण्टा कामकाे माग त्यस समयका शासक वर्गहरुले मजदुर माग पूरा गर्न बाध्य भए । त्यस पछि सन् १८९१ मा कम्युनिष्ट पार्टीको देस्राे अन्तर्राष्ट्रिय महाधिवेशन बाट संसारका मजदुर एक हाै भन्ने नारा पास गर्दै मजदुर श्रमिकहरुकाे अान्दाेलन सफलता पाएकाे दिन मे १ लाई विश्वभर विजय उत्सवकाे रुपमा मनाउने घाेषणा भए पछि मे दिवस मनाउन शुरु भएकाे इतिहास रहेकाे छ । सन् १८४८ मा कार्ल माक्स र एङ्गेल्स ले विश्व कम्युनिष्ट घाेषणा पत्र घाेषणा गर्दा मजदुरहरुकाे हक, हीत तथा अधिकारकाे सन्दर्भमा समेत उल्लेख गरेकाे पाइन्छ । मेराे विचारमा तेही घाेषणा पत्रकाे अाधारमा मजदुरहरुले अाफ्नाे अधिकार प्राप्त गर्न सफल भएकाे हाे ।

नेपालकाे सन्दर्भमा मे दिवस :

खास गरि नेपालमा अाैधाेगिक विकास शुरुआत वि.सं. १९९४ बाट वीराटनगर रघुपति जुट मील स्थापना संगै भएकाे पाइन्छ । त्यस समयवाट उद्योगमा काम गर्ने मजदुर श्रमिकहरुकाे काममा प्रवेश भएकाे देखिन्छ । त्यसकाे ९ वर्ष पछि २००३ फागुन २०-२१ मा नेपालकाे ट्रेड युनियन अान्दाेलन शुरु भएकाे इतिहास भेटिन्छ । त्यस अवधिमा राणा शासन थियाे । २००७ मा प्रजातन्त्र स्थापनाकाे अान्दाेलनमा मजदुरहरुकाे उल्लेखनीय भुमिका रहेकाे पाइन्छ । २०१५ मा पहिलो वहुदलीय निर्वाचन बाट निर्वाचित नेपाली कांग्रेस काे नेतृत्वकाे सरकारले २०१६ मा पहिलाे श्रम ऐन काे रुपमा ” कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धि ऐन २०१६” जारी गरेकाे र याे नै पहिलाे श्रम सम्बन्धि ऐन रहेकाे छ ।

त्यस पछि २०१७ निरंकुश पंचायती व्यवस्था नेपाली जनतामा थाेपरे पछि, युनियन अान्दाेलन लगायत राजनीतिक दलहरुलाई प्रतिवन्ध लगाएकाे थियाे । तर २०२२ मा न्युनत ज्याला सरकारले लागू गरेकाे पाइन्छ । २०३६ मा युनियन दर्ताकाे माग र संगठन स्वतन्त्र सहित वहुदलीय व्यवस्था पुन स्थापनाकाे माग राख्दै नेपाल स्वतन्त्र मजदुर युनियन ले मजदुरहरुलाई संगठित गर्ने काम गरेकाे थियाे । २०४६ काे जनअान्दाेलनमा मजदुर श्रमिकहरुकाे व्यापक सहभागी थियाे र प्रजातन्त्र पुन स्थापना भयाे ।

२०४८ मा श्रम ऐन जारी भयाे र २०४९ मा ट्रेड युनियन ऐन जारी भयाे । याे श्रम अान्दोलनकाे इतिहासमा पहिलाे पटक युनियन दर्ता गर्न पाउने ऐन बनेकाे । २०५० बाट युनियन दर्ता शुरु भयाे । नेपालकाे ट्रेड युनियन अान्दाेलन अाधिकारिक दर्ताकाे हैसियतले २८ वर्षकाे अवध पूरा गर्दैछ । यश वीचमा ट्रेड युनियन महासंघहरु गठन तथा दर्ता हुने काम भएकाे र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ काे नेपाल अावद्ध कमिटी गठन गरिएकाे छ । नेपालका सबै ट्रेड युनियन महासंघहरु जिफन्ट, अन्टुफ, एनटीयुसी, काेनेप लगायतका महासंघहरुकाे सहभागीतामा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( jtucc) गठन गरि राज्यको निकायहरुमा श्रमिकहरुकाे प्रतिनिधिकाे रुपमा सहभागी हुने बैधानिक व्यवस्था कायम गरिएकाे अवस्था छ । साथै श्रमिकहरुकाे सामाजिक सुरक्षा काेष अभियान समेत शुरु भएकाे अवस्था भएकाे छ ।

स्मरण गराैं २०३६-२०४६ सम्म श्रमिकहरुले मे दिवस मनाउन धेरै कठिन थियाे । त्यस समयका शासकहरुकाे सुरक्षा प्रहरीले थाहा पायाे भने गिरफ्तार गर्ने र गाेली समेत हान्ने थियाे । त्यस समयका सरकारका पक्षधर नेपाल मजदुर संगठन ले निरंकुश पञ्चायती व्यवस्थाकाे पक्षपाेषण गरेर श्रमिक अधिकारलाई कुण्ठित गर्न प्रयास गर्दथे । तर २०४६ मा प्रजातन्त्र पुन स्थापना भए पछि २०४७ काे १०० अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवस देशकाे बीराटनगर, वीरगन्ज, हेटाैडा, काठमाडौं, पाेखरा, बुटवल , नेपालगन्ज लगायतका अा‌धाेगिक क्षेत्रमा भव्य रुपमा खुल्ला रुपमा मे दिवस कार्यक्रम सम्पन्न भएकाे थियाे र मे १ दिन सरकारले श्रमिकहरुलाई सार्वजनिक विदा समेत दिएकाे ऐतिहासिक पक्ष रहेकाे छ ।

श्रमकाे क्षेत्रमा काेभिड १९ असर :

विश्वभरि फैलिएकाे महामारी राेग काेभिड १९ ले विश्वका श्रम क्षेत्रमा अत्यन्तै गम्भीर र नकारात्मक प्रभाव पारेकाे देखिन्छ । सन् २०१९ काे डिसेम्बर ३१ मा देखा परेकाे काेभिड १९ भाइरस राेगले संसारका सबै देशमा संक्रमित बनाएकाे छ । यसकाे विश्वभरिका अवस्थाकाे अांकलन गर्ने हाे भने, सन् २०२० मा २९.२३% तथा लगभग २५० मिलियन श्रमिकहरुले राेजगारि गुमाएका छन् भने, ५-६% सम्म श्रमिकहरुकाे अाम्दानी ह्रास भएकाे देखिन्छ । साथै सन् २०२१ काे यस अवधिमा १३० मिलियन भन्दा वढी श्रमिकहरुकाे राेजगारीकाे अवस्था जाेखिम पुगेकाे देखिन्छ ।

खास गरि काेभिड १९ काे महामारी राेगले हाम्राे श्रम क्षेत्रमा ठुलाे समस्या र चुनाैटी खडा गरिएकाे छ । श्रमिकको काम क्षेत्रहरु वृद्धि हुन सकि रहेकाे छैन । तर काेभिड १९ काे बाहना कनाइ केही दलाल राेजगारदाताहरुले युनियनमा संलग्न हुनेहरुलाई राेजगारि बाट बञ्चित गराउने काम समेत भएकाे देखिन्छ । यश अवधिमा २२% भन्दा वढी श्रमिकहरुले अाफ्नाे राेजगारी गुमाएका छन् र काेभिड १९ राेग व्यापक फैलिएर जाने हाे भने अरु थप श्रमिकहरुकाे राेजगारी गुम्ने अवस्था रहेकाे छ ।

काेभिड १९ काे महामारीको वीचमा कार्यभार :

अब हामीले विशेष रुपमा श्रमिकहरुकाे अवस्थामा काेभिड १९ ले पुराएकाे पुराएकाे समस्या र प्रभावकाे बारेमा ध्यान पुराउनु जरुरी छ । यसकाे लागि राज्य , राेजगारदाता र ट्रेड युनियनहरुले तपसिल बमाेजीम ध्यान पुराउनु जरुरी छ ।

१) श्रमिकहरुकाे उचित रुपमा तलव वृद्धि गर्नु पर्छ ।
२) श्रमिकहरुकाे काम गर्ने क्षेत्र वा कार्यथलाे सुरक्षित र मर्यादित बनाउनु पर्छ ।
३) राज्यले लगानीकाे क्षेत्रमा विस्तार गरि राेजगारी सृजना गर्नु पर्छ ।
४) विभिन्न क्षेत्रमा सार्वजनिक लगानी गरि स्वराेजगर सृजना गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्छ ।
५) सामाजिक सुरक्षा काेष लाई अझ प्रभावकारी बनाउनु पर्छ ।
६) एक रुपता श्रमिकहरुलाई काेभिड १९ राेगथामकाे लागि काेभ्याक्स भ्याक्सिन काे दुवै डाेज यथाशीघ्र उपलब्ध गर्नु पर्छ ।
७) राज्य बाट श्रमिकहररुकाे लागि सुरक्षा सुविधाको पैकेज घाेषणा गर्नु पर्छ ।

अन्तमा मे दिवस र; १३२ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे यश अवसरमा सबै श्रमिक मित्रहरु र देश विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनी हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रस्तुत कर्ता्,दिनेश राई ,जिफण्ट उपमहासचिव तथा नेकपा एमाले केन्द्रीय सदस्य

 

१८ बैशाख २०७८, शनिबार २०:००  मा प्रकाशित

Write your Comment