सरकारले श्रमिक र सुकुम्बासीमाथि हेपाहा प्रवृत्ति देखायो

२०८३ बैशाख १८, शुक्रबार प्रकाशित

बारा १८ बैशाख :
१३७ औँ श्रमीक दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (जीफ्रन्ट) मधेश प्रदेश कमिटीको आयोजनामा सिमरामा भव्य कार्यक्रम गरि मनाइएको छ। कार्यक्रममा जिफ्रण्टका केन्द्रीय उपाध्यक्ष मन्जु थापाले मजदुरका समस्या पूरा गर्न जिफन्ट लागिरहने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले सरकारले सुकुम्बासीहरूलाई बिना विकल्प घरबार बिहीन बनाउँदै गइरहेको उल्लेख गर्दै वर्तमान सरकारले झन् समस्या निम्त्याउने देखिएको बताउनुभयो। उहाँले भूमिहीन, सुकुम्बासी र श्रमिक माथि हेपाहा प्रवृत्ति देखाएर निरंकुश बन्दै गइरहेको आरोप समेत लगाउनुभयो। उहाँले सुकुम्बासीको बासको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो।
कार्यक्रममा एमाले मधेस प्रदेश सचिवालय सदस्य सुन्दर बहादुर विश्वकर्मा,जीफण्टका केन्द्रीय सदस्यहरू आनन्द थामी, गीता भण्डारी लगायतले बोल्नुभएको थियो।
जिफण्ट मधेश प्रदेशका अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अमर यादवले गर्नुभएको थियो भने सहजीकरण मुक्ति चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बलिबर चौधरी,एमाले नेता अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

Write your Comment