थप ३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२५ जनाको मृत्यु
बितेको २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो संख्या सोमबार को तुलनामा बढी हो ।
त्यसैगरी संक्रमण बाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।