एमालेको एकै दिन जितपुर सिमरामा दुईवटा वडाको अधिवेशन सम्पन्न

२०८३ आश्विन १७, शनिबार प्रकाशित

नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकामा एकैदिनमा दुईवटा वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ। यसरी अधिबेशन सम्पन्न हुने वडामा उपमहानगरपालिका वडा नम्बर ४ र ५ रहेका छन्।
वडा नम्बर ४ मा श्याम भट्टको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

कमिटीको उपाध्यक्षमा अमिताभ चौधरी, सचिवमा शंकर सिम्खडा र उपसचिवमा सन्जु चौधरी चयन भएका छन् । महिला उपसचिव भने पछि मनोनीत गरिने जनाइएको छ । निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अच्युत मैनालीले पार्टी संगठन सुदृढीकरण र भावी कार्ययोजनाबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य सरस्वती चौधरी, मधेस प्रदेश सचिब मनोज पौडेल ,सचिवालय सदस्य सुन्दर विक, प्रदेशसभा सदस्य देवनारायण चौधरी, प्रदेश सदस्य सीता गुरुङ, प्रदेश विभाग सदस्य दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य रमेश खरेल र एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाइलीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी वडा नम्बर ५ मा बैद्यनाथ चौधरीको अध्यक्षतामा २१ सदस्य वडा कमिटी चयन भएको छ। जसको उपाध्यक्षमा शिवशंकर सहनी सचिवमा नरेश राम उपसचिवमा सुशिला चौधरी र ब्रिजमोहन चौधरी रहेका छन्।
नवनिर्वाचित कमिटी पदाधिकारी तथा सदस्यहरूलाई नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।


शिवशंकर सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य अच्युत मैनाली प्रदेश सचिव मनोज पौडेल,प्रदेश सचिवालय सदस्य सुन्दर बहादुर विश्वकर्मा ,प्रदेश सभा सदस्य देवनारायण चौधरी, जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य कृष्ण खनाल ,नगर कमिटीका उपाध्यक्ष त्रिलोक बिक्रम शाह ,रबिन्द्र खकुरेल,राजकुमार न्यौपानेलगायतको उपस्थिति रहेकोथियो। कार्यक्रमको सहजीकरण राधाकृष्ण चौधरीले गर्नुभएको थियो।

 

Write your Comment

↑