जितपुर सिमरामा एक साताभित्रै सर्पदंश उपचार केन्द्र स्वीकृति दिने बिभागको प्रतिबद्धता

२०८३ आश्विन २, शुक्रबार प्रकाशित

नेकपा एमालेका प्रदेश सचिब मनोज पौडेलले जितपुर सिमरा उपमहानगरपालिकामा सर्पदंश उपचार केन्द्रको अनुमति दिने विषयमा स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा.अनुज भट्ट्चन सग सार्थक छलफल गर्नु भएको छ। आज स्वास्थ्य सेवा बिभागमा भएको छलफलमा सबै प्रक्रिया पूरा गरेर अर्को हप्ता भित्र जितपुर सिमरामा सर्पदन्श उपचार केन्द्र सन्चालनको अनुमती दिने भटटचनले प्रतिबद्धता जनाउनु भएको पौडेलले बताउनु भयो ।
त्यसकालागी नागरिकमा जनचेतना फैलाउनु पर्ने,आइसियु,भेन्टिलेटरलगायतका उपकरण समेत ब्यवस्था गर्दा सहज हुने भटटचनको भनाइ थियो जवाफमा पौडेलले नगर अस्पतालमा तत्काल आवश्यक पर्ने प्रविधि रहेको र आवश्यकता अनुसार जितपुर सिमरा उपमहानगरपालिकाले थप गर्दै लैजाने स्पष्ट पार्नु भएको थियो ।

जीतपुरसिमरामा सर्पदंश उपचार सेवा नहुँदा पछिल्लो समय तीन जनाले ज्यान गुमाइसकेका छन् । बिहीबार मात्रै जीतपुरसिमरा–४ औराहकी ४२ वर्षीया मञ्जु बन्जाराको सर्पदंशबाट मृत्यु भएको थियो ।
घरमै काम गरिरहेका बेला गोमन सर्पले डसेपछि बन्जारालाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पताल पुग्दा उनी अचेत अवस्थामा थिइन्। त्यसपछि रक्सौलस्थित डंकन अस्पताल पुर्‍याइए पनि उनको ज्यान बच्न सकेन । यसअघि जीतपुरसिमरा–१५ डुमरवानाकी चार वर्षीया सुप्रिना दोङ र पाँच वर्षीया दियान्सी रानामगरको पनि सर्पदंशबाट मृत्यु भएको थियो। करिब तीन महिनाको अवधिमा तीन जनाको मृत्यु भएपछि स्थानीयले नगरमै सर्पदंश उपचार सेवा सञ्चालन गर्न माग गर्दै आएका छन् । जीतपुरसिमरा नगर अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार तयार रहे पनि संघीय निकायबाट अनुमति नपाउँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब अर्को हप्ताभित्र अनुमति प्राप्त भए नगर अस्पतालबाटै सर्पदंशका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने बाटो खुल्नेछ ।

Write your Comment