नेकपा एमाले जितपुर सिमरा वडा नम्बर १० को वडा अधिवेशन कार्तिक ७ गते हुने

२०८३ आश्विन १७, शनिबार प्रकाशित

नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका १० नम्बर वडा कमिटीको दोस्रो अधिवेशन यही फा कार्तिक ७ गते हुने भएको छ।
आज बसेको वडा कमिटीको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । विस्तारित बैठक नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा र वडा कमिटीका अध्यक्ष नवल महत्तोको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेस प्रदेश कमिटीका सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जिल्ला कमिटी सदस्य कृष्ण खनाल, वडा नम्बर १० का वडा अध्यक्ष संजय पटेल, एमालेका  स्थानीय नेता रामकुमार महत्तोलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सचिव पौडेलले एमालेले जनताको पक्षमा काम गरेको उल्लेख गर्दै जनताको घरदैलोमा बसेरै जनअपेक्षा अनुसार जनताका समस्या पूरा गर्ने स्पष्ट पार्नुभयो।

Write your Comment

↑