सरकारले तराइ मधेसका लागि समृद्धिका कार्यक्रम ल्याउन लागेको मन्त्री पोखरेलको भनाइ

११ जेष्ठ २०७६, शनिबार २०:०८ प्रकाशित

बारा ११ जेष्ठ

नेपाल बैंक लिमिटेडले बाराको परवानिपुर गाउँ पालिकामा रहेको श्री ने रा प्र बि चैनपुर बिधालयको भौतिक निर्माणका लागि ५० लाख उपलब्ध गराएकोछ । हावाहुरी पिडित क्षेत्रमा राहत उपलब्ध गराउने योजना अनुरुप सो रकम एक समाहरोहका बिच नेपाल सरकारका शिक्षा मन्त्री गिरिराजमणि  पोख्रेल  को रोहबर मा ५० लाख रुपैया चेक हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपाल सरकाले सबै घरबार बिहिन पिडितका लागि घर बनाइदिने बताउनु भयो उहाले तराई मधेसको समृद्धिक लागि सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिनु भयो ।

११ जेष्ठ २०७६, शनिबार २०:०८  मा प्रकाशित

Write your Comment