श्रीराम रेग्मी
क्यालगरी, क्यानडा
क्यानडाको क्यालगरीमा जुलाई १८, शनिवार हुने नेपाली मेलाको सम्पुर्ण तयारी पुरा भएको मेला आयोजक समितिले जानकारी दिएको छ ।
क्यालगरीको प्रेरी विन्ड्स पार्कमा हुने मेलामा आफ्नो सांगितिक प्रस्तुती दिन नेपालका लोकप्रिय गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी यसअघि नै क्यालगरी आईसकेको समेत समिति संयोजक श्रीकान्त अर्यालले जानकारी दिए ।

यसका अतिरिक्त मेलामा नेपाली झाकि तथा परेड, बिभिन्न जातजातीका मौलिक पहिचान झल्कने प्रस्तुती, नेपाली खाना, मिनि नेपाल स्टल तथा बिभिन्न प्रकारका अन्य नेपाली उत्पादन तथा नेपाली व्यवसायीहरूको स्टल समेत रहने अर्यालले बताए । प्रवेश निशुल्क रहेको मेलामा क्यालगरी र यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदाय र नेपाली भाषी सबैलाई उपस्थित भई सहभागी हुन समेत उनले आग्रह गरे । उनले क्यानडामा नेपाली भाषा, संस्कृति र समुदायलाई जोड्न नेपाली मेलाको आयोजना गरिएको समेत वताए ।
क्यालगरीमा रहेको नेपाली समुदायको संस्था NCSC को आयोजनामा हरेक बर्ष हुने बृहत नेपाली मेलाको यो चौथो संस्करण हो ।
