सिरहाको गोलबजारमा प्रहरिको गोलि लागेर एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार प्रकाशित

सिरहाको गोलबजारमा प्रहरिको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

गोलबजारमा आज बिहानै देखि झडप भैरहेको थियो । सोही क्रममा प्रशासनले कर्फ्यु जारी गरेको छ । प्रहरिको गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको घटनामै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए । घटनामा अर्का एक जना पनी घाइते भएका छ्न ।

‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं,’ सहायक प्रजिअको भनाइ छ ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

Write your Comment