क्यालगरी क्यानडा
क्यालगरीमा गत जुलाई १६ तारिखदेखि हराईरहेका वालक पार्करको खोजी गर्ने क्रममा डियरफुट ट्रेलको नालामा एक वालकको शव फेला परेको छ । क्यालगरी प्रहरीले बुधबार प्रेस मिट गर्दै बालकको शव फेला परेको जनाएको हो ।क्यालगरी प्रहरीकी जोईन चिफ केटि म्याकलिनले उक्त भेटिएको शब हराईरेहको बालक पार्करको हुन सक्ने बताईन् । उनले शब भेटिएको स्थान भन्दा केहि पर नालामा पार्करको जुत्ता भेटिएकोले उक्त शव उक्त बालकको हुन शक्ने आशंका व्यक्त गरेकि छन् । शबको प्रकृति हेर्दा हत्या नभई दुर्घटना भएको हुन सक्ने समेत वताईन् ।

दुई साता अघि थोर्नक्लिफ क्मुनिटिको डे होमबाट निक्लिएका बोल्न र सुन्न नसक्ने ११ बर्षिय वालक पार्करको खोजीमा लागेको प्रहरीले बालकको शव भेटिनु दुखद भएको बताएको छ । यस्तै क्यालगरीका मेयर जेर्मी फार्कसले फेसबुक मार्फत शोक व्यक्त गर्दै मृतक वालक प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले यस घटनाले दुखी बनाएको र शोक सन्तप्त परिवार प्रति समवेदना समेत प्रकट गरेका छन् । उनले बालकको खोजीमा लागेका सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

