NCSC को अध्यक्ष पदको लागी सूर्य अधिकारीको उम्मेदवारी घोषणा

२०८३ अषाढ ३२, बिहिबार प्रकाशित

श्रीराम रेग्मी

क्यालगरी,क्यानडा

क्यालगरीमा रहेको नेपाली समुदायको संस्था नेप्लिज कम्युनिटि सोसाईटि अफ क्यालगरी (NCSC) को आगामी कार्यकालको अध्यक्ष पदका लागी सूर्य अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार फेसबुकमा आफुले एनसिएससिको आगामि कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


“एकतामा सँगै, प्रगतिमा सँगै” भन्ने मूल नारासहित उनले पारदर्शिता, समावेशिता र जवाफदेहितालाई आफ्नो प्रमुख प्रतिबद्धताका रूपमा अघि सारेका छन् ।

क्यालगरीमा नेपाली समुदायलाई जोड्न नेपाली रेडियो क्यालगरी संस्थापनामा उनले आफ्नो महत्वपूर्ण योगदान रहेको बताए । सन् २०१८ मा स्थापना भएको नेपाली रेडियो क्यालगरीले हालसम्म ४०० एपिसोड समेत पुरा गरेको छ ।  लामो समयदेखि संस्थामा मिडिया कोअर्डिनेटर रूपमा काम गरेका अधिकारी नेपाली पाठशालाका चेयरका रूपमा समेत कार्यरत छन् । नेपाली पाठशालामा करिब १८० बिद्यार्थी रहेका छन् । अधिकारी संस्थाको हाल उपाध्यक्ष समेत रहेका छन् ।

जुलाई २५ तारिखमा अनलाइन भोटिङ मार्फत निर्वाचन हुनेछ ।

संस्थामा साधरण सदस्य ९७६ र आजिवन सदस्य ६०० गरि कुल १५७६ सदस्यहरूले नया कार्यसमिति चयन गर्नेछन् ।

Write your Comment