नेपाल सरकारको बजेट जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत हुने

१४ जेष्ठ २०७६, मंगलवार १३:१५ प्रकाशित

काठमाडौं १४ जेष्ठ
नेपाल सरकारको आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराउनु भएको हो ।
त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आ आफ्ना स्थानमा बस्नसमेत सभामुख महराले आग्रह गर्नु भएको छ ।
संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ । सरकारले यस बर्ष सदनमा पेस गर्न लागेको बजेट पोपुलिष्ट र समृद्धिको आधार बन्ने सरकारी अधिकारीहरुले दाबि गरेका छन ।

१४ जेष्ठ २०७६, मंगलवार १३:१५  मा प्रकाशित

Write your Comment