बजेट भाषण-प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन बृद्ध भत्ता ३ हजार पुग्यो ।

१५ जेष्ठ २०७६, बुधबार १६:५५ प्रकाशित

काठमाडौँ —
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ को बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको बताएका छन् । बजेटमा७० बषर््ा पुरा भएका बृद्धा भत्ता एकहजार बढाएर ३ हजार पुरयाइएको छ । साथै तराई मधेसको सिचाईका लागि मरीन डाइभरर्सन राष्ट्रिय गौरबको योजना घोषणा गदै २ अर्व बिनियोजन गरीएको छ ।
यस्तै प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरिएको बताएका छन् ।
राजस्वतर्फ प्रदेश र स्थानीय तहलाई गरेर १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाटमा हुने अनुमान गरेका छन् ।

१५ जेष्ठ २०७६, बुधबार १६:५५  मा प्रकाशित

Write your Comment