नेपालि सेनाद्धारा रेडियो सिमरा सम्मानित
बारा २८ जेष्ठ
नेपालि सेनाले बाराको पहिलो सामुदायिक रेडियो सिमरा सहित बाराका ३ वटा एफ एम लाई सम्मानित गरेको छ । आज बाराको चंदन नाथ गंढ ब्रहमपुरीमा आयोजित कार्यक्रममा एफ एम हरुलाई सम्मानित गरीएको हो । यसरी सम्मानित हुने एफ एमहरुमा रेडियो सिमरा सिमरा,संस्कार एफ एम कलैया,बादल एफ एम सिम्रोनगढ रहेका छन । मध्यपुर्बी बर्दीबासका पृतना पति नरेस चन्द्र भटटले एक कार्यक्रमका बिच सम्मानित गर्नु भएकोहो । कार्यक्रममा बोल्दै भटटले नेपालि सेना जनताको सुख दुखको साथि भएको बताउनु भयो । उहांले बारा पर्साका हावाहुरी पिडीतका घरहरु तोकीएको समय भित्रै निर्माण गरीने दाबि गर्नु भयो । त्यसैगरी रेडियो सिमराका सन्चालक मनोज पौडेलले नेपालि सेनाले निर्माणको क्षेत्रमा उल्लेखिय काम गरेको स्मरण गदै नेपालि सेनाले नागरीकलाइ उद्यमसिलता तालिमको ब्यावस्था गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नागरीक समाजका अगुवाहरु,सचारकर्मी लगायतको उपस्थिीती रहेको थियो । कार्यक्रममा बनिल गौरब,उमेसलाल दास,राजदेब यादब ,अनिल तिवारी लगायले बोल्नु भएको थियो ।