अत्यधिक गर्मी बढेपछि बाराका सम्पूर्ण विद्यालयहरुमा एक साताका लागी बिदा

३२ जेष्ठ २०७६, शनिबार २२:०२ प्रकाशित

बारा ३२ जेष्ठ
अत्याधिक गर्मी बढेपछि बाराका सम्पूर्ण विद्यालयहरु आईतबार देखी एक साताका लागी बिदा दिने निर्णय गरीएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराको शनिबार सम्पन्न बैठकले असार १ गते देखि ६ गतेसम्म एक हप्ताका लागी बाराका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्थीहरु गर्मीको प्रत्यक्ष मारमा पर्न थालेपछि गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको इकाइ प्रमुख अशोक रौनियारले जानकारी दिनुभयो ।
एक सातादेखि लगातार बढ्दै गएको गर्मीका कारण बारालगायत देसैभरीको जनजीवन प्रभावित भएको छ । यसअघि बिरगञ्जमा पनि बिदा दिने घोषण गरीएको थियो ।
दिउँसोको समयमा तापक्रम ३८ देखि ४१ डिग्री पुगेपछि सर्वसाधारण बिरामी हुनुका साथै बिर्धार्थीलाई कठिन हुने गरेकोछ ।

३२ जेष्ठ २०७६, शनिबार २२:०२  मा प्रकाशित

Write your Comment