करैयामाईको गाँउ सभा आसाढ ९ गतेहुने सम्पुर्ण तयारी पुरा

८ असार २०७६, आईतवार १८:०३ प्रकाशित

बारा ८ आषाढ
बाराको करैयामाई गाँउपालिकाको यहीआसाढ ९ गते हुने तेस्रो गाँउ सभाको सम्पुर्ण तयारी पुराभएको छ । गाँउ सभामा आगामि आ.ब का लागि रु ३६ करोडको बजेट पेश गरीने तयारी भएको करैयामाई गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुनिल केशरीले जानकारी दिनुभयो । गाँउ सभाले सडक,शिक्षा,स्वास्थ्य,सामाजिक बिकासमा रकम बिनियोजन गर्न लागेको र सभाको सम्पुर्ण तयारी पुराभएको केसरीले दाबि गनुभयो । गाँउपालिकामा प्राप्तहुने शर्सत अनुदानको बजेट बाट सडक पिच गरीने योजना रहेको केसरीको भनाई छ । गाँउपालिकाको बिकासमा सबै एकजुट भएर अघिबढेको करैयामाई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले बताउनु भयो । सरकारले आषाढ १० गते भित्र सम्पुर्ण पालिकालाई सभा गरेर बजेट पारित गर्न निर्देशन दिइसकेको छ । यसै अनुरुप देश ब्यापिरुपमा सभा भइरहेका छन ।

८ असार २०७६, आईतवार १८:०३  मा प्रकाशित

Write your Comment