जीतपुरसिमरा उप–महानगरपालिको बजेट रु १ अर्ब २८ करोड ८५ लाख ६६ हजार /कलैया उमनपामा तालाबन्दि

१० असार २०७६, मंगलवार १६:२० प्रकाशित

बारा १० आसाढ
जीतपुरसिमरा उप–महानगरपालिले आगामी आर्थिक बर्ष २०७६र०७७ का लागी १ अर्ब २८ करोड ८५ लाख ६६ हजारको बजेट प्रस्तुत गरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको तेश्रो नगर सभामा आज उप–प्रमुख चौधरीले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी सवा १ अर्ब भन्दा बढिको बजेट प्रस्तुत गर्नुभएको हो ।
नगर सभामा प्रस्तुत गरीएको बजेटमा उप–प्रमुख चौधरीले आगामी आर्थिक बर्षका लागी १ अर्र्ब २८ करोड ८५ लाख ६६ हजार बिनियोजन गरिएको जनाइएको छ । जस अनुरुप आर्थिक बर्षमा आयतर्फ संघिय सरकारबाट २९ करोड २० लाख र प्रदेश सरकारबाट ८९ लाख ५४ हजार गरी वित्तीय समानिकरण अनुदान स्वरुप ३ करोड ५४ लाख रहेको छ ।
राजश्व बाडफाडतर्फ संघिय सरकारबाट २० करोड ४९ लाख र प्रदेश सरकारबाट १ करोड ९९ लाख १२ हजार गरी २२ करोड ४८ लाख १२ हजार रहेको छ । स शर्त अनुदानतर्फ संघिय सरकारबाट ३८ करोड २८ लाख र प्रदेश सरकारबाट २ करोड रहेको छ । यसैगरी विशेष अनुदान र समपुरक अनुदान ४ करोड रहेको छ ।
आन्तरिक राजश्वमा २० करोड प्रक्षपण गरीएकोछ भने विकास कार्यमा सहभागिता २ करोड तथा चालु आर्थिक बर्षको वचत मैज्दात हुने रकम १० करोड रहेको समेत उप–प्रमुख चौधरी द्धारा पेसगरीएको बजेटमा जनाइएको छ ।
बजेट प्रस्तुत गर्नुअघि जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको उद्घाटन कार्यक्रममा बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा,प्रदेशसभा सदस्य शोभा लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले गर्नुभएको थियो ।
यता कलैया उपमहानगरपालिकामा भने उप प्रमुख रहिमा खातुन सहित दुइतिहाइ सदस्यहरुले सभाहलमा तालाबन्दि गरी नगरसभा रोकेकाछन । उनिहरुले नगर प्रमुख राजेस राय यादबले अनियमितता गरेको,गुपचुप नगर सभा गर्न खोजेको,खर्चको फांटवारि सार्वजनिक गर्नु पर्ने माग गदै ताला बन्दि गरेका हुन ।
संघिय सरकारले १० गते भित्र संबैधानिक ब्यावस्था अनुसार सम्पुर्ण पालिकालाई सभा गरेर बजेट पारित गर्न निर्देशन दिइसकेको छ । यसै अनुरुप देश ब्यापिरुपमा आज करीब ७ सय स्थानिय तहमा सभा भइरहेका छन ।

१० असार २०७६, मंगलवार १६:२०  मा प्रकाशित

Write your Comment