पर्सा २६ जेष्ठ
रिम मिडिया एन्ड स्किल प्रा.लिको आयोजना र पर्सागढि नगरपालिकाको सहयोगमा बिपद्ध ब्याबस्थापन पुर्ब तयारी सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम पर्सागढी ३ बडनियारमा आज बाट सुभारम्भ भएको छ । सुभारम्भ कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष उद्घब बहादुर उप्रेतीले समय समयमा आउने बिपत्तिको सामना गर्न यस्तो कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो उहाले बिपद्ध ब्याबस्थापन पुर्ब तयारी सम्बन्धि कार्यक्रम ल्याउन नगरपालिकामा आग्रह गरेको स्मरण गर्दै कार्यक्रम आएकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रममा शिक्षक महासङका नगर अध्यक्ष रामबहादुर चौधरीलगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम वडा सदस्य चन्दा देवि पट्वारिनको सभापतित्वमा सम्पन्न भएको थियो । तिनदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा हावा हुरि,बाडी र भुकम्पबाट पर्ने बिपत्ति बाट वचन अपनाइने पुर्ब तयारी र उदारका बिषयमा प्रशिक्षण चलाइने छ । त्यसका साथै बर्षा याममा बिशालु शर्पको टोकाइ पछि अपनाइने प्राथमिक उपचारका बरेमा समेत जानकारी गराइने छ । कार्यक्रममा उमेस मिश्र र साबिर अन्सारिलगायतले प्रशिक्षण दिइरहनु भएको छ । पर्सागढी नगरपालिका अन्र्तगत रहेका ३० वटा बिध्यालय र ९ वटै वडाका एक एक जना जनप्रतिनिधी गरी ४० जनाको सहभागतिा रहेको छ ।