नेकपा बारा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न ।

२७ असार २०७६, शुक्रबार १९:११ प्रकाशित

बारा २७ आषाढ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाराको नव गठीत जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा एक भब्य समारोहका बिच सम्पन्न भएको छ । नेकपा प्रदेस नम्बर २ का अध्यक्ष प्रभु साहले नवगठित बारा जिल्ला कमिटीका अध्यक्ष,सचिब र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । सो कार्यक्रमलाइ सम्बोधन गदै अध्यक्ष साहले पार्टीले सबै कार्यकर्तालाई उचित जिम्मेवारी दिने उल्लेख गदै अहिले एकता प्रक्रियामा कोहि कमिटीमा नपर्न सक्छन,तलमाथि हुन सक्छ त्यसमा खिन्नता नमान्न कार्यकर्तालाई आग्रह गदै बिस्तारै समाधान हुदै जाने स्पष्ट पार्नु भयो ।
जिल्ला कमिटीका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न सपथ ग्रहण कार्यक्रममाकेन्द्रिय सदस्यहरु ज्वाला साह ,दिनेस राइ,खेलकुद महासघ नेपालका अध्यक्ष पुरुषोतम पौडेलले बधाई तथा जिल्ला कमिटीलाई कार्यकाल सफलताको सुभकामना ब्यक्त गर्नु भएको थियो । जिल्ला सचिव सुन्दर बिकले सन्चालन गर्नु भएको थियो । बैठकले केहिदिन देखि परेको अबिरल बर्षाका कारण बारा लगायत देसका बिभिन्न स्थानहरु डुवानमा परेकोले तत्काल उद्धारमा लाग्न स्थानिय कमिटीलाई निर्देशन दिनुका साथै उद्धार तथा राहतलाइृ तिब्रता दिन केन्द्रिय तथा प्रदेस सरकार र सम्बन्धित पक्षलाई आग्रह गरीएको जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

२७ असार २०७६, शुक्रबार १९:११  मा प्रकाशित

Write your Comment