काठमाण्डौ २७ आषाढ
देसै भरी लगातार परेको पानीले जनजीवन प्रभावित बनाएको छ । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् भने पहाढी जिल्लामा पहिरो गएको छ । बाढी र पहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी पौने ७ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ ।
गृहमन्त्रालयले आपत्कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ । तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ । यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन् । देशैभरमा कतै पानी पर्न रोकिएको छ भने कतै लगातार परीरहेको छ । ठूला नदीहरुको बहाव बढ्दै गएको छ ।
राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन । काठमाडौंबाट बाहिरिने र भित्रिने सवारीसाधन जाममा परेका छन ्। यात्रुहरु विचल्लीमा परेका छन् ।
पहाडका जिल्लाहरुमा खाने पानीको मुहान बाढीले बगाएको कारण खानेपानीको समस्या हुन थालेको छ । सो समस्या तराईमा पनि देखिएको छ ।