पुर्बप्रधानमन्त्री नेपाल सहित मन्त्रीहरुको टोलि द्वारा बाढि प्रभाबित रौतहतको निरिक्षण

१ श्रावण २०७६, बुधबार १७:५७ प्रकाशित

रौतहट १ श्रावण
बाढी प्रभावित क्षेत्र रौतहटको अवस्था बुझ्न पुर्ब प्रधानमन्त्री  माधब  कुमार नेपाल  र गृहमन्त्रीका साथै मन्त्रीको टोली आज सदरमुकाम गौर पुगेको छ । सो टोलिमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोली सदरमुकाम गौर पुगेका हुन् ।
त्यस्तै  विकास समितिकी सभापति कल्याणी खडका, नेकपा नेता प्रभु साह तथा राजपा नेपालका संयोजक अनिल झालगायतको टोली हेलिकोप्टरबाट रौतहट पुगेका हुन ।टोलीले रौतहटका सुरक्षा अधिकारी तथा स्थानीय राजनैतिक दलका नेताहरु सँग बस्तुस्थितिको बारेमा जानकारी लिएको थियो। सञ्चारकर्मीसँग कुरा गर्दै पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले पीडितलाई मलम लगाउन आफुहरु आएको बताउनु भयो उहाले पीडितका समस्या समाधानमा कुनै कसर बाकी नराख्ने स्पष्टपार्नु भयो ।
गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउन गर्नुपर्ने तयारी सरकारले गरिरहेको बताउनु भयो ।
‘सरकारले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारीहरु गरिरहेका छौं’ गृहमन्त्री थापाले भन्नु भयो ‘जनधनको क्षति हुन नदिन हामीले काम गरिरहेका छौं । विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको स्तरमा पनि काम अगाडि बढाएको छ ।’ विपदपछिको पुनर्निर्माणमा सरकार जुटेको पनि जानकारी दिनु भयो । उर्जा मन्त्री पुनले पानी घटिसकेकोले पुनर्निर्माणका लागि पनि मातहतका कार्यालयहरुलाई निर्देशन दिएको उनले बताउनु भयो।
बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जानकारी दिनु भयो । झाडापखाला जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको र प्रदेशस्तरमै स्वास्थ्य अवस्थाको अवलोकन तथा निगरानीका लागी पनि संयन्त्र बनाइएको स्वास्थ्य मन्त्री यादवको भनाइ छ।
गत शुक्रबार लाल बकैया र बाग्मती नदी उर्लिएर मंगलबार राति पसेको बाढीका कारण रौतहटमा ठूलो क्षति भएको छ । बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ भने बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा हजारौ ठूलो सन्ख्यामा विस्थापित बनेका छन् ।

१ श्रावण २०७६, बुधबार १७:५७  मा प्रकाशित

Write your Comment