बारा ४ श्रावण
रास्ट्रीय सभाका अध्यक्ष गणेश तिमल्सिनाको नेतृत्वको अनुगमन निरिकक्षण संसदीय टोलिले आज बाढि प्रभावित बाराका विभिन्न स्थानहरुको निरिक्षण गरेको छ । संसदीय टोलिमा रास्ट्रीय सभाका अध्यक्ष गणेश तिमल्सिना,नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई,प्रतिपक्षी दल नेपाली काग्रेसकी सचेतक सरिता पसाइ,राजपाका नेता विशेष चन्द्रलाल ,समाजबादी पार्टीकि प्रमिला कुमारी, प्रदेस नम्बर २ का सभामुख सरोज यादव लगाएतको सन्सदिय टोलिमा सहभागीता रहेको थियो । टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८,१०,२३र२४ लगायतका स्थानको निरिकक्षण गरेको छ । संसदीय टोलिले बाढि प्रभाबितको अबस्था हेरि सरकारले कस्तो खालको राहत,मर्मत,पुन निर्माणको काम गर्नु पर्ने हो सो अनुसार सरकारलाइ सिफारिस गरिने रास्ट्रीय सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनु भयो ।