बारा १८ श्रावण
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटी बाराको दोस्रो बैठक कलैयामा सुरु भएको छ । जिल्ला कमिटीका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले अविरल बर्षासँगै आएको बाढिपछी उत्पन्न समस्या र समाधान लगायतका बिषयमा छलफल गरिने जनाइएको छ । त्यसै गरि बैठकमा हावाहुरिका समस्याका बिषयमा समेत छ्लफल हुने र यश अघि सपथ ग्रहण गर्न छुटेका जिल्ला कमिटी सदस्यहरुलाइ सपथ गराइने नेकपा बाराका नेता मनोज पौडेलले जानकारी दिनु भयो । बैठकमा केन्द्रिय सदस्य तथा प्रदेश कमिटीका सचिब सुमन प्याकुरेल,बारा जिल्ला इन्चार्ज बलबिर चौधरी,सहइन्चार्जहरु गोपाल ठाकुर,ज्वाला साह,केन्द्रिय सदस्य दिनेस राई प्रदेस कमिटी सदस्यहरु लगाएतको सहभागिता रहेको छ । बैठकको सन्चालन जिल्ला सचिब सुन्दर बिकको रहेको छ ।