बारा१९ श्रावण
पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले बन संरक्षणका लागि बन क्षेत्रमा बसोबास गर्ने महिला र पुरुष दुबैलाई स्वरोजगार बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
महिलाहरुका लागि जनहित उपभोक्ता समितिद्धारा आयोजीत ७ दिने क्रिष्टलका गहना बनाउने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बनमा घासदाउराको नाममा जंगल बस्ने महिलालाई शिप सिकाएर स्वरोजगार बनाउन सके बन संरक्षणमा ठुलो सहयोग पुग्ने बताउनुभएको हो ।
यसैगरी कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य दिनेश राईले महिलालाई सिपका साथै सिकेका कुरालाई बजारीकरणको ब्यवस्था मिलाई स्वरोजगार बनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले जनहित उपभोक्रा समितिले आयोजना गरेको यस तालिमले महिलाहरुलाई रोजगार मुखि बनाउन ठुलो सहयोग पुरयाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपाका नेता मनोज पौडेलले हातमा सीप र उद्धयम सिलता प्राप्त गर्न सके स्वरोजगार बन्न सकिने र त्यस बाट मात्र अर्थिक समृद्धि हसिल हुने उल्लेख गर्नु भयो । उहाले स्तानिय तहहरुले प्रधानमन्त्री स्वरोजगारको रकम फ्रीज गराएर राम्रो नगरेको दुखेसो गर्नु भयो ।
समापन कार्यक्रम जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई समापन गर्दै सभाअध्यक्ष श्रेष्ठले हाल सिकेको शिपलाई ब्यवहारमा ल्याउन आग्रह गर्दै समुहगत रुपमा यो ब्यवसाय गर्नेलाई समितिले लगानि र बजारीकरण गर्ने जानकारी गराउनुभयो ।
उहाँले केहि समय भित्रै यस समितिसंग आबद्ध १० जना महिलालाई अटो चलाउने तालिम दिने कार्यक्रम तय भै सकेको र सो अटो सिकेर त्यसलाई नै ब्यवसाय बनाउन चाहने उत्कृष्ट २ जनालाई सस्तो ब्याजदरमा ऋण लगानि गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
अनिता लम्सालको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा सदस्य हरु राम्चन्द्र अधिकारी ,चिनिमाया परियार,जनहितका पुर्ब अध्यक्ष मधुसुदन सिटौला,कुबेर नेउपाने,चोला बहादुर पन्डित,छवि शर्मा,कमला घिमिरे,रबिन्द्र खकुरेल,गिता शर्मा,मुना खरेल,नलेन्द्र बहादुर थापा,शन्कर लामा,दिपकलामा, राम सिलवाल,इन्दु ढाेडारी,कृष्ण रिमाल लगाएतले जनहितले आयोजना गरेको तालिमको सराहना गर्नु भएको थियो भने समापन कार्यक्रम पश्चात समितिको परिसर भित्र अतिथीहरुले २ सय १० दान विभिन्न् प्रजातीका बिरुवा समेत रोपेका थिए