चुरियामाइमा यात्रु बस दुर्घटना /२९ जना घाइते/उपचार पछि केही घर फर्किए ।

२५ श्रावण २०७६, शनिबार १३:४८ प्रकाशित

बारा २५ श्रावण
बिरगंज पोखरा चल्ने ना४ ख८२५८ नम्बरको यात्रुबाहक बस तिब्र गतिका कारण दुर्घटना भएको छ । चुरियामाइ मन्दिर र ३ नम्बर पुलको बिचमा भएको दुर्घटनामा २९ जना घाइते भएको ,घाइतेहरुको चुरेहिल अस्पताल हेटौंडामा उपचार गरिएकोमा सामान्य उपचार पछि केही घर फर्कि सकेको र १५ जनाको सो अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरिले जानकारी दिनु भयो ।

२५ श्रावण २०७६, शनिबार १३:४८  मा प्रकाशित

Write your Comment