बिरगंजमा पुन अर्को बिस्फोट ।

२८ श्रावण २०७६, मंगलवार २३:४५ प्रकाशित

वीरगँज २८ श्रावण
वीरगँजको तरकारि बजारमा आज फेरी विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भने यसलाई पटाका विस्फोट भएको जनाएकोछ। वीरगँज महानगरपालिकाको तरकारी बजारमा बेलुकी करिब पौने ८ बजे बम विस्फोट भएको स्थानीयहरुले बताएपनि प्रहरीले भने यसलाई अझै पटाका फुटाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बेलुकी विस्फोट हुँदा दुई जना घाईते भएकाछन । उनीहरुको अवस्था भने समान्य रहेको जनाइएको छ  बीरगँजको मूल चौक घण्टाघरदेखि उत्तर तर्फ रहेको तरकारी बजारीमा विस्फोट भएको र विस्फोटमा परी दुई जना घाईते भएको जनाइएको छ । घाईते हुनेहरुमा बाराको परवानीपुर वडा नं. ५ बस्ने अमरजीत पटेल सहित नाम नखुलेको एक जना अन्य रहेका छन । विस्फोट भएपछि चर्को आवाजका कारण तरकारी बजारमा भागदौड मच्चिएको थियो । यसअघि वीरगँजकै बिर्ता बजारमा केही दिन अघि मात्र विस्फोट भएको थियो जसमा १ जना भारतीय नागरिक सहित ३ जना घाईते भएका थिए ।
लगातार विस्फोटका कारण उक्त क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । चरणवद्ध रुपमा केही दिनकै अन्तरालमा विस्फोट भएपछि स्थानीयहरु त्रसित भएको छ । हालाकी, प्रहरीले भने पटाखा मात्र पडकेको र त्यसकै बारुद्धले गर्दा एक जना समान्य घाईते भएको दाबी गरेका छन् । विस्फोट भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रहरी प्रवक्ता अनन्त राम शर्माले विस्फोट गराउनेको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

२८ श्रावण २०७६, मंगलवार २३:४५  मा प्रकाशित

Write your Comment