बारा ७ भाद्र
सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिती सिमराको १७ औ साधारणसभा सभा आज सिमरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले गर्नु भएको हो।उद्घाटन सभालाइ सम्बोधन गर्दै मैनालिले स्वछ खानेपानी नागरिक सम्म पुरयाउने जिम्मेवारी राज्यको भएको उल्लेख गर्दै त्यो अभिभारा सिमरा खानेपानीले पूरा गरेको प्रती खुसी व्यक्त गर्नु भयो । उहाले खानेपानी र सरसफाइ मानव जिवनका लागि अति आवाश्यक भएको स्पस्ट पार्नु भयो । सभामा सम्बोधन गर्दै संघीय खानेपानी तथा ढल निकास आयोजना प्रदेस नम्बर २ का निर्देशक अरुण सिम्खडाले आफ्नो कार्यालयले सिमरा खानेपानीका लागि यथेष्ट बजेट बिनियोजन गरिने जानकारी दिनु भयो ।नेकपाका नेता मनोज पौडेलले खानेपानी र स्वछ वातावरण जिवनका लागि अति आवश्यक भएको उल्लेख गर्दै सिमरामा खानेपानीको ब्यावस्था सिमरा समितिले गरेकोमा धन्यवाद व्यक्त गर्दै वातावरणलाई सिमरामा रहेका उधोगले प्रदुशित बनाएकोमा चिन्ता व्यक्त गर्नु भयो । स्वछ वातावरण बनाउनका लागि ठूलो आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको उहाको भनाइ थियो।उल्लेख गर्दै मानव सिमरा गाबिसका पुर्ब अध्यक्ष भोला अधिकारी,नेपाली काङ्ग्रेसका नेता हरि थपलिया,खानेपानीका पुर्ब अध्यक्ष मुकुन्द बहादुर क्षेत्री,किशोर त्रिपाठी,जनहितका अध्यक्ष अमृतलाल श्रेष्ठ,माधब त्रिपाठी लगाएतले सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।