करैयामाई गाँउपालिका बाराको छैठौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा ।

११ भाद्र २०७६, बुधबार ०८:१६ प्रकाशित

बारा १० भाद्र ।
बाराको करैयामाई गाँउपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । करैयामाई गाँउपालिकालाई जिल्लाको छैठो खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो । गाँउपालिका अध्यक्ष भुनेश्वर प्रसाद धामीको अध्यक्षता एवं बारा क्षेत्र नम्बर २ का सांसद रामसहाय यादवको प्रमुख आतिथ्यमा जनता मा.बि.उमजनको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिती यादवले गाँउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नम्बर २ का अर्थ राज्य मन्त्री उषा देवी यादव,प्रदेश सभा सदस्य सरदा शंकर साह, बच्चा यादव,प्रमुख प्रशासकिय अधिकृत सुनिल केसरी लगायतकाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणामा सहयोग गर्ने वडा अध्यक्षहरु, वडा सदस्य, समाजसेवी, पत्रकार लगायतलाई सम्मानित गरिएको थियो । कार्यक्रममा स्थानिय भोजपुरी गायक सुनिल पंडितले साँस्कृतिक प्रस्तुत गर्नुभएको थियो ।

११ भाद्र २०७६, बुधबार ०८:१६  मा प्रकाशित

Write your Comment