३ को मृत्यु, २७ घाइते हुने गरि  सुर्खेतको हर्रेडाँडामा बस दुर्घटना

११ भाद्र २०७६, बुधबार १०:२६ प्रकाशित

सुर्खेत ११ भाद्र ।

सुर्खेतको रत्न राजमार्गअन्तर्गत हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ यात्रु जना घाइते भएका छन् ।जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस आज बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।
घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रारम्भिक अनुमान गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।

११ भाद्र २०७६, बुधबार १०:२६  मा प्रकाशित

Write your Comment