नेकपाका नेता पौडेल द्धारा पथलैयामा ट्रमा सेन्टर सन्चालन गर्न स्वास्थ्यमन्त्रि उपेन्द्र यादब संग माग ।

१२ भाद्र २०७६, बिहीबार १८:०५ प्रकाशित

काठमाण्डौ १२ भाद्र 
नेकपाका नेता एवंम पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले नेपाल सरकारका उप प्रधानमन्त्रि तथा स्वास्थ्यमन्त्रि उपेन्द्र यादब संग भेट गरी पथलैयामा रहेको मध्यमाञ्चल स्वास्थ्य तालिम केन्द्रलाइ ट्रमा सेन्टरको रुपमा बिकासगरी सन्चालन गर्न माग गर्नु भएको छ । आज स्वास्थ्य मन्त्रालयमा मन्त्रि यादव संग भेट गरी पुर्व पश्चिम राज मार्गको चन्द्रपुर देखि अमलेखगञ्ज क्षेत्रमा अत्यधिक सडक दुर्घटना हुने भएकोले पथलैयामा ट्रमा सेन्टरको रुपमा बिकास गर्न आग्रह गर्नु भएको हो । पुर्वाधारका हिसावले मध्यमाञ्चल स्वास्थ्य तालिम केन्द्र पथलैयामा हाल रहेका भवनहरु,जमिनको क्षेत्रफल प्रयाप्त हुने भएकोले र दुर्घटनामा घाइते भएकाहरुको जोखिम कम गर्न पथलैयामा ट्रमा सेन्टर सन्चालन गर्न माग गरीएको पुर्व मन्त्रि पौडेलले बताउनु भयो । जवाफमा मन्त्रि यादबले आफुले तत्काल प्रक्रिया थाल्ने आश्वसन दिनुभएको जनाइएको छ । सो अवसरमा तिलक घलान,दिलबहादुर लामा लगायतको सहभागीता रहेको थियो ।

१२ भाद्र २०७६, बिहीबार १८:०५  मा प्रकाशित

Write your Comment