निजगढका प्रमुख एकलौटि चल्न खोजेको भन्दै उपप्रमुख सहित दुइ तिहाई सदस्यको आपत्ति

२०७६ भाद्र १५, आईतबार प्रकाशित

बारा १५ भाद्र
निजगढ नगरपालिकाको नगर सभा एकलौटि रुपमा बोलाइएको प्रति दुइ तिहाइ कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन । नगरपालिकाकी उप प्रमुख लिला लामिछाने खनाल सहित दुइ तिहाई सदस्यहरुले एक बिज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन । बिज्ञप्तिमा कार्यपालिका सदस्यहरको सहमति बेगर नगरसभा बोलाएको,नारीहरुको महान चाड हरीतालिका तिजको दिन नगरसभा बोलाएर महिलाहरुलाई अपमान गरेको,नगरपालिकालाई एकलौटि र अर्पादर्सी रुपमा चलाउन खोजेको,नगरपालिका भित्र रहेका समितीहरुलाई भुमिका बिहिन बनाएको आरोप लगाइएको छ । त्यसैगरी बिज्ञप्तिमा नगरप्रमुखको कारण नगरपालिकाले नागरीकलाइ दिने सेवा सुबिधा दिन नसक्नुका साथै नगरको सुसाशन कमजोर भएको आरोप लगाइएको छ ।
बिज्ञप्तिको एक प्रति नगरप्रमुख सुरेस खनाललाई समेत जानकारीको लागि उपप्रमुख लिला लामिछाने सहितको टोलिले बुझाइएको छ । निजगढ नगरपालिकामा नेपालि काग्रेसको पमुख सहित केहि स्थानमा जितेको छ भने नेकपाका उपप्रमुख सहित दुइतिहाइ कार्यपालिका सदस्य रहेका छन । नगरप्रमुखले खनालले मनपरी गर्न लागेपछि बिवाद बढेको जनाइएको छ ।

Write your Comment