बारा २० भाद्र
समुदाय-प्रहरी साझेदारी (Community-Police Partnership) कार्यक्रम अन्तर्गत यस ईलाका प्रहरी कार्यालय सिमरा बाराको आयोजना र सहज परियोजनाको सहकार्यमा १३ औ राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा “मान्छेको जीवन कुनै वस्तु हैन, बेचबिखन गर्ने अधिकार कसैलाई छैन ” भन्ने नाराका साथ जिल्ला बारा जितपुर सिमरा उप-महा नगरपालिका वडा नं.२ स्थित रहेको होटल सिमरा ईन सिमराको सभाहलमा आज सम्पन्न भएको छ । जितपुर सिमरा उप-महा नगरपालिकाका नगर उप-प्रमुख सरस्वतीदेवी चौधरीको प्रमुख आतिथित्यमा जितपुर सिमरा उप-महा नगरपालिका भित्र रहेका महिला जनप्रतिनिधिहरु, महिला सञ्जाल, महिला अगुवाहरु, समाजसेवी, संघ संस्थाका प्रतिनिधिहरु तथा पत्रकाहरू समेतको २०० जनाको सहभागितामा भएको कार्यक्रममा इलाका प्रहरि कार्यालय सिमराका प्रमुख प्र.ना.उ.गोबिन्द पुरीले मानबेच बिखन तथा ओसारपोसार सम्बन्धि अनुसन्धान प्रक्रिया र न्युनिकरण बारे प्रस्तुतीकरण गर्नुको साथै सहभागिहरुले राखेकि जिज्ञासा समेत सम्बोधन गर्नु भएको ।