कोल्हबी नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा

२० भाद्र २०७६, शुक्रबार २२:०६ प्रकाशित

बारा २० भाद्र
कोल्हबी नगरपालिका आज खुला दिशा मुक्त क्षेत्र घोषणा भएको छ । नगरपालिकाका सबै वडा हरु खुला दिशामुक्त भएपछी नगरलाइ घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भन्डारिले सबैको सहयोगले कोल्हबी नगरपालिका लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको बताउनु भयो ।उहाले सबैला धन्यवाद समेत दिनु भयो । त्यसै गरि कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकिय अधिकृत हरेन कुमार श्रेष्ठले ठूलो चुनौतीको बाबजुद कोल्हबी नगरपालिका लाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको स्पस्ट पार्दै बिकास निर्माणका कार्य लाई तिब्रता दिने दाबी गर्नु भयो । कार्यक्रम जिल्ला समन्वय समिति बाराका सभापती नवलकिसोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  कार्यक्रममा  राजनैतिक दलका प्रतिनिधि,कार्यपालिका सदस्य,जनप्रतिनिधिलगाएतको ठूलो सन्ख्यामा उपस्थिति रहेको थियो ।

२० भाद्र २०७६, शुक्रबार २२:०६  मा प्रकाशित

Write your Comment