बाराको डुमरवानामामा डेगु बिरुद्धको जनचेतना मुलक रयाली तथा सरसफाइ कार्यक्रम सम्पन्न / आजैबाट औषधी छर्न सुरु

२ आश्विन २०७६, बिहीबार १२:३३ प्रकाशित

बारा २ असोज
डेगु बिरुद्धको जनचेतना मुलक रयाली तथा सरसफाइ कार्यक्रम आज बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ को डुमरबानामा सम्पन्न भएको छ । वडा नम्बर १५ र इलाका प्रहरी कार्यालय सिमराको सक्रृयता सो कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रमको सुभारम्भ प्रदेस सभाका सदस्य ज्वाला साह र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले संयुक्त रुपमा गर्नु भएको थियो भने समापन इलाका प्रहरी कार्यालयका सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा अध्यक्ष राम प्रसाद लामिछानेले गर्नु भएको थियो । सो अवसरमा नेकपा केन्द्रिय सदस्य दिनेस राई,जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ट,नेकपाका नेताहरु राजन पौडेल,मनोज पौडेल,भरत भण्डारी,कृष्ण खनाल,बिश्व नाथ लामिछाने,वडा नम्बर १४ का अध्यक्ष रामशरण बतौला,कार्यपालिका सदस्य राजकुमार राम,  हलखोरिया बनका अध्यक्ष रबिन्द्र सिंह समाजसेबीहरु किसोर शर्मा,राजु अधिकारी,बिरेन्द्र बास्कोटा,किसोर त्रिपाठी,राजन भटटराइ,सन्चारकर्मीहरु बिदुर खडका,सारदा पोखरेल,प्रदिप गौतम,शसस्त्रप्रहरी,जनपथ प्रहरी,बिध्यालयकाशिक्षक,बिध्यार्थी,ट्राफिक प्रहरी स्थानियको ठुलो संख्यामा सहभागीता रहेको थियो ।

आजै नगर प्रमुख कृष्ण पौडेलले लामखुट्टे मार्नका लागि औषधी छिटेर मेसिनको सुभारम्भ गर्नु भएको थियो आजै बाट उपमहानगरका बिभिन्न वडाहरुमा औसधि छर्न सुरु गरीएको छ । यद्यपी सो औषधी बाट साइड इफेक्टहुने भएकोले जथाभाबि नछर्न चिकित्सकहरुले सचेत गराएका छन ।

२ आश्विन २०७६, बिहीबार १२:३३  मा प्रकाशित

Write your Comment