बाराको रामबन टांडिमा प्रथम गोल्डकप सुरु

२ आश्विन २०७६, बिहीबार १९:३९ प्रकाशित

बारा २ असोज
जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ३ को रामबनमा प्रथम रामबन टांडि गोल्डकप आज बाट सुरुभएको छ । गोल्डकपको उदघाटन प्रदेश सभा सदस्य सुन्दर बिकले गर्नु भएको थियो । उदघाटन समाहरोहमा प्रदेस सभा सदस्यहरु सिता गुरुगं,शोभा लामा, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,नेकपा केन्द्रिय सदस्य दिनेस राई वडा नम्बर ३ का अध्यक्ष जगनाथ घिमिरे लगायतले गोल्डकप सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा  जितपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देबि चौधरी,नेकपाका  नेताहरु राजन पोडेल,मनोज पौडेल,देब नारायण चौधरी,गिता कंडेल,भरत भण्डारी,कृष्ण खनाल,भोला अधिकारी,तारा बहादुर कार्की,इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे,इलाका प्रहरी कार्यालयका सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी लगायतको उपस्थिती रहेको थियो । दिपक लामाको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमको सन्चालन बिपिन स्याम्बोको रहेको थियो भने स्वागत अमृतलाल श्रेष्ठले गर्नु भएको थियो । आज सम्पन्न उद्धघाटन खेलमा रामबन टांडिलाई निजगढले ० का बिरुद्ध एक गोलले पराजित गरेको छ । दश वटा टिमले सहभागिता जाउने खेलमा प्रथम र दोस्रोहुने समुहलाई रु ५० हजार र रु २५ हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

२ आश्विन २०७६, बिहीबार १९:३९  मा प्रकाशित

Write your Comment