बारा ९ असोज
कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारीले कोल्हबी नगरलाई ग्रीन र क्लीन सिटी बनाउन लागी परेको बताउनु भएको छ । त्यसै अनुरुप कोल्हबी नगरपालिकालाइलाई खुला दिसामुक्त घोषणा गरेको र सबै वडाहरुमा बिक्षारोपणको अभियानको सुभारम्भ गरीएको जानकारी दिनुभयो । कामनाखवर संग संक्षिप्त कुराकानी गदै नगरप्रमुख भण्डारीले यस नगरपालिका भित्रका सबै वडामा यस अघि एम्बुलेन्स समेत जान नसक्ने अवसथा रहेकोले दुइबर्षको अवधीमा पुर्वाधारमा बढी जोड दिएको उल्लेख गदै सडकहरुको स्तरउन्नती गर्नुका सथै अहिले सम्म ८ कि.मी सडक कालो पत्रे गरेको र १० वटा सडक कालोपत्रे गर्नका लागि सर्भे गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाले नगरपलिका भित्रका पडरी देखि अमाव सडक,जुगवा देखि ककडी सडक,हनुमानगंज बगेअवा कोल्हबी सडक,थलही कट्टी देखि कुमरगढीहुदै अधनवा जाने सडकको सर्भे भइरहेको जानकारी दिनु भयो । त्यसैगरी नगर प्रमुख भण्डारीले यसै बर्ष देखी सबै वडा कार्यालयहरु आफनै भवनमा सर्ने तयारी भइरहेको बताउनु भयो ।