बारा ९ असोज
जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर २ सिमरामारहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट जिन एक्पर्ट मेसिन सन्चालनमा आएको छ । यस उपकरणले टि.बि रोगको परीक्षण गर्नेछ । टि.बी रोग लागेका बिरामिको खकार परीक्षण गरेर रोग पत्ता लगाइने छ । यो उपकरण बाराको कलैयामा मात्र रहेको छ । यस उपकरण बाट फोक्सोमा पानि जमेको समेत पत्ता लगाउन सकिने छ । उक्त उपकरणको उद्धघाटन जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले गर्नु भयो । उदघाटन पछि आजै बाट बिरामीको खकार परीक्षण गरीएको छ । उद्धघाटन कार्यक्रममा उपप्रमुख सरस्वती देबि चौधरी,वडा नम्बर ३ का अध्यक्ष जगनाथ घिमिरे,४ का अध्यक्ष इश्वर खत्रि,नेकपाका नेताहरु देब नारायण चौधरी,मनोज पौडेल,इलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी वडा कार्यपालिका सदस्य शोभा कार्की,सिमरा नागरीक उद्धयन कार्यालयका प्रमुख हिराचन कापले,वडा सदस्य धन बहादुर श्रेष्ट,चिनिमाया परीयार,नेपालि कांग्रेसका छबि सर्मा,स्वास्थ्य शाखाका बाबुलाल साह,जितन ठाकुर,लगायतको उपस्थिती रहेको थियो । वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमको सन्चालन अनिल बिक र स्वागत केन्द्र प्रमुख अनुस थाको रहेको थियो ।