रामवन टाडी गोल्डकपको उपाधी एपिएफलाई

११ आश्विन २०७६, शनिबार २०:४३ प्रकाशित

बारा ११ असोज
सशस्त्र प्रहरीको एपिएफ क्लब बर्दिबासले प्रथम रामवन टाडी गोल्डकपको उपाधी जितेको छ ।
जीतपुरसिमरा ३ स्थित रामवन खेल मैदानमा शनिवार भएको फाईनल खेलमा वीरगन्जलाई १–० ले पराजित गर्दै एपिएफले उपाधी जितेको हो ।
एपिएफका लागि रितिक खड्काले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसंगै एपिएफले नगद ५० हजार हात पारेको छ । उपबिजेता वीरगन्जले २५ हजार प्राप्त गरेको छ ।
एपिएफका रितिक खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ता वीरगन्जका अमर डंगोल, उत्कृष्ट डिफेन्स वीरगन्जका लोकेन्द्र कार्की र उत्कृष्ट गोलरक्षक एपिएफका मोहन खड्का घोषित भए ।
बिजेता र बिजेतालाई प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी,वडाअध्यक्ष जगन्नाथ घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेस राई,नेता मनोज पौडेल,जनहितका अध्यक्ष अमृतलाल श्रेष्ठ,इलाका प्रसासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे,तारा कार्की,पेसल मुल्मी,नेपाली कांग्रेसका नेता श्यामबाबु गुप्ता लगायतको उपस्थिती रहेको थियो । यसअघि फाईलन खेलको उद्घाटन प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादवले गरेका थिए ।

११ आश्विन २०७६, शनिबार २०:४३  मा प्रकाशित

Write your Comment