फ्रेन्स सर्कल द्वारा दसैको उपलक्ष्यमा रतनपुरमा चेपाङ्जातिलाई कपडा बितरण

२०७६ आश्विन १९, आईतबार प्रकाशित

बारा १९ असोज
फ्रेन्स सर्कल अफ निजगढ (FCN)ले दसैको उपलक्ष्यमा चेपाङ्जातिलाई कपडा बितरण गरेको छ।कार्यक्रममा निजगढ १३ डम्बरपुरको पानीसाराको विभिन्न डाडामा बसोबास गर्ने चेपाङ समुदायको करिव १५० सदस्य लाई कपडा बितरण गरेको थियो।बिराज पेन्ट्सको आर्थिक सहयोग र FCN को सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम मा युवा समाज सेबि एवम नेकपाका युवा नेता तिलक घलानले प्रदेश न २ को लोपौन्मुख जाती रहेकोले यसजातिको स्थानी सरकार,प्रदेस सरकार र केन्द्रिय सरकारले यो जातिको संरक्षण गर्नु पर्ने र यो जातिको भेष भुषा पहिचाह समेत छुट्टै रहेकोले सबैमिलेर सहयोग गर्नु पर्ने कुरामा घलानले जोड दिनु बताउनु भयो।कार्यक्रममा बिराज पेन्ट्सका मारकेटिङ मेनेजरको प्रमुख अतिथी रहेको कार्यक्रम मा आफुले यसरी यो जातिलाई सहयोग गर्न पाउँदा सारै खुसी लागेको र आगामी दिनमा पनि गर्ने कुरा राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अनिष पोखरेलले गर्नु भएको थियो।

Write your Comment