बारा २३ असोज,
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ र १८ स्थित रामनगर,रघुनाथपुर,बडहर्वा,कुसमाडी र उचिडिमा किसानले लगाएको सायौ बिघहा घान खेतिमा फौजि किराले क्षेती पुर्याएको छ । धान पाक्ने समय भएर भित्र्याउने समयको खेतीमा क्षेती पुर्याए पछि यश भेगका किसान चिन्तित बनेका छन । यसै बिच त्यस क्षेत्रको निरिक्षणका लागि प्राविधिकहरू खटाइएको र प्रतिबेदनका आधारमा बिसादी वितरण गरिने कृषि ज्ञान केन्द्र ,बारा प्रमुख जितेन्द्र यादबले जानकारी दिनु भयो । स्थानिय तह बनिसके पछि आफ्नो कार्यालयमा जिल्ला भरिका लागि सिमित बजेट आउने गरेको उल्लेख्य गर्दै स्थानिय तह सङ्ग समन्वय गरेर बितरण गरिने उहाको भनाइ थियो । आजैबाट यश क्षेत्रको प्राबिधिकहरुले निरिक्षण गरेको सन्चारकर्मि पुष्पराज खतिवडाले जानकारी दिनु भयो । फौजी किराका कारण आफुहरु पीडित बनेको रामनगरका किसान भिम ग्यान्ताङ्ले जानकारी दिनु भयो । फौजी किराको बिसादी रातमा छिटनु पर्ने हुन्छ ,दिनमा जरामा बस्ने र राती धान खाने गर्छ प्रभाबित सबै धान खेतमा एकै पटक न छिटे किरा न मर्ने कृषि प्राबिधिकको भनाइ छ ।
धानमा लागेको फौजी किरा