नेपाली कांग्रेसका सांसद आलम पक्राउ

२०७६ आश्विन २६, आईतबार प्रकाशित

  रौटहट २६ असोज

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य  तथा रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर फरह्दवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो।

आइतबार बिहान करिब ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन । प्रहरीले केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

Write your Comment