नेपाल–चीन वार्ता सम्पन्न/ २० बुँदे समझदारी

२६ आश्विन २०७६, आईतवार १३:३५ प्रकाशित

काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी चिनफिङको उपस्थितिमा दुई देशबीच सहमति पत्र आदानप्रदान समेत गरिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर भने यसअघि नै भइसकेको थियो ।
एक विशेष समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीले समझदारी पत्र आदानप्रदान गरे । यसका अलावा चिनियाँ प्रतिनिधीमण्डल र नेपाली टोलीका अन्य अधीकारीहरूबीच पनि विभिन्न समझदारी पत्र आदानप्रदान भएको छ ।
सुरुङ मार्ग निर्माण, आपराधिक गतिविधि नियन्त्रण, सीमा सुरक्षा, आयुर्वेदिक उपचार पद्धति विस्तार लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
यसका अलावा काठमाडौं महानगरपालिका र चीनको नान्जी शहर तथा बुटवल उपमहानगरपालिका र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी समेत भएको छ ।

२६ आश्विन २०७६, आईतवार १३:३५  मा प्रकाशित

Write your Comment