कोल्हबीलाई पर्यटकीय नगरकारुपमा बिकास गर्ने योजना छ–प्रमुख प्र.अधिकृत श्रेष्ट

२०७६ आश्विन २८, मंगलबार प्रकाशित

बारा २८ असोज
कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्टले कोल्हबी नगरपालिकालाई पर्यटनको हव बनाउने योजना रहेको बताउनु भएकोछ । उहांले बारा जिल्लाको उत्तरी क्षेत्रको महत्वपुर्ण नगरपालिका रहेको उल्लेख गदै यस नपा भित्र रहेको पाताल गंगालाई पर्यटनको हव बनाउदै माछा पोकेट क्षेत्रलाई यस बर्ष देखि ब्यवस्थित गरी अगाडी बढाइने स्पष्ट पार्नु भयो । कामना खबर संग कुरा गदै प्रमुख प्रशासकिय अधिकृत श्रेष्टले कर्मचारीले कार्यालयको प्रसाशनिक र राजनैतीक नेतृत्व दुबैको समन्वयमा काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्नुका साथै काम गर्ने दौरानमा कहिले काही असहज पनि हुने गरेको गुनासो गदै नागरीकलाई छिटो र छरीतो तवरले सेवा दिन मातहतका कर्मचारीलाई आफुले निर्देशन दिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत श्रोष्टले यस आ.व मा नगरसभाले पुर्वाधार,सामाजिक बिकास र आर्य आर्जनको पाटोमा महत्व पुर्ण योजना अधिसारेको जानकारी दिदै ती योजना तत्काले सुरु गरीने स्पष्ट पार्नु भयो ।

Write your Comment