नेकपाले मात्रै जेष्ठ नागरीक र बिपन्न जनताको पक्षमा काम गर्ने पुर्व मन्त्रि अर्यालको दाबि

२ कार्तिक २०७६, शनिबार १९:४९ प्रकाशित

बारा २ कार्तीक
परसौनी गांउपालिका वडा नम्बर ६ प्रस्टोकाको आयोजनामा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा जेष्ठ नागरीकहरुका लागी सम्मान तथा न्यानो कपडा बितरण गरीएकोछ । कार्यक्रम नेकपाकी नेत्रृ तथा पुर्व मन्त्रि उर्मीला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्रि अर्यालले नेकपाले मात्रै जेष्ठ नागरीक र बिपन्न जनताको पक्षमा काम गर्ने दाबि गर्नु भयो । उहांले सरकारले ल्याएको कार्यक्रमले समृद्ध नेपाल सुखि नेपाली बनाउनका मद्धत पुग्ने स्पष्ट पार्नु भयो । वडा अध्यक्ष बृज किशोर कुसवाहाको सभापतित्वमा सम्पन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर,सबिधान सभाका सदस्य जयराम दाहाल,नेकपाका नेताहरु प्रभु यादब,राम बाबु यादब,बिजय यादब,महेश बिक,सरोज साहलगायतले सुभ कामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा २५० जना जेष्ठ नागरीकलाइ सम्मान गर्नुका साथै असाय,बिपन्नलाई न्यानो कपडा बितरण गरीएको थियो ।

२ कार्तिक २०७६, शनिबार १९:४९  मा प्रकाशित

Write your Comment