धनुषामा गोली हानि साहको हत्या ।

६ कार्तिक २०७६, बुधबार १५:०१ प्रकाशित

जनकपुर ६ कार्तिक :
धनुषाको जनकपुरधाम उपमहानगपालिकामा बुधवार एक जनामाथि गोली प्रहार भएको छ । गोली लागेर वडा नम्वर १ का करिब ४० वर्षीय मनोज साहको मृत्यु भएको छ ।
गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहमाथि गोली प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा स्थानीय पंकज चौधरी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

६ कार्तिक २०७६, बुधबार १५:०१  मा प्रकाशित

Write your Comment