काठमाडौ १० कार्तिक
प्रहरीले काैडा खेल्दै गरेको अवस्थामा पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
जुवा खालबाट २ करोड ६७ लाख नगद र ३ लाखका चेक बरामद गरिएको सुवेदीले बताए । महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम गाैतमको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा पूर्वराज्यमन्त्री सहित बलाराम सापकोटा, सोबित सिलबाल लगाएत छन् । पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले बताएको छैन ।
प्रहरीलाई बरामद भएको रकम गन्न ३ घण्टा लागेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीबृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको डिएसपी उमेश लम्सालले जानकारी दिए ।
यसैबिच
पूर्व गृहराज्य मन्त्री पक्राउ परेको र उनको नाम गोप्य राखिएको भनिएतापनी उनको नाम ईन्द्र बानियाँ रहेको जनाइएको छ । उनी पक्राउ परेको भनिएपनि प्रहरीकै सुचनाका आधारमा उनी भाग्न सफल भएको बताइएको छ । विशेष स्रोतका अनुसार बानियाँ प्रहरी आउनुभन्दा ५ मिनेट अघि नै भागिसकेका थिए