दोस्रो संबिधान सभाको निर्वाचनमा काँग्रेसका उम्मेदबार रहेका बुढाथोकी जुवाको खालबाट पक्राउ

१० कार्तिक २०७६, आईतवार २१:२६ प्रकाशित

काठमाडौं १० कार्तिक
काठमाडौँको महाराजगञ्ज पीपलमार्ग्स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । पक्राउ पर्नेमा २०७० सालको दोस्रो संबिधान सभामा नेपाली कांग्रेसको तर्फबाट बारा क्षेत्र नम्बर ६ का प्रत्यासी रहेका शम्भु बहादुर बुढाथोकी रहेकाछन । निजगढ स्थायी घर भएका र काठ ब्यवसायी समेत रहेका बुढाथोकी नेपाली कांग्रेस बाराका नेता समेत हुन भने संबिधान सभाको निर्वाचनमा नेकपा एमालेको निकटतम प्रतिबन्धि रहेका थिए । त्यसैगरी अन्य पक्राउपर्नेमा …
१) काठमाडौं महानगरपालिका(२ भाङ्गीका बुद्ध लामा
२) काठमाडौं महानगरपालिका(१५ का मुक्ती लामा
३) काठमाडौं महानगरपालिका(९ का पवन अग्रवाल
४) काठमाडौं महानगरपालिका(६ का सुमन अग्रवाल
५) काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ का कृष्ण भण्डारी
६) काठमाडौं महानगरपालिका(२९ का राम तामाङ
७) काठमाडौं बुढानीलकण्ठ नगरपालिका(११ का सिताराम खड्का
८) काठमाडौं महानगरपालिका(२६ का अशोक श्रेष्ठ
९) काठमाडौं महानगरपालिका–३५ का श्यामप्रसाद पराजुली
१०) काठमाडौं महानगरपालिका(१५ स्वयम्भु का रञ्जन राजबंशी
११) काठमाडौं महानगरपालिका(३ का विक्रम गौतम(घरधनी
१२) काभ्रेपलान्चोक पनौती नगरपालिका(५ का प्रदीप बोगटी
१३) काभ्रेपलान्चोक तिमाल गाउँपालिका(६ का नवाङ्ग लामा
१४) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका(९ का धावा लामा
१५) काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका(४ का बलराम सापकोटा (बले)
१६) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका(११ का रोशन तामाङ्ग
१७) दोलखा भीमेश्वर नगरपालिका(५ का राम कृष्ण केसी
१८) दोलखा भीमेश्वर नगरपालिका(५ बस्ने ईन्द्र श्रेष्ठ
१९) ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०) ललितपुर पुल्चोकका सोहेल कार्की
२१) ओखलढुङ्गाको पाप्ले(३ का सुमन गुरुङ
२२) रौतहटको चन्द्रनिगाहपुर नगरपालिका(३ का शोवित सिलवाल
२३) रामेछापको बागमती भण्डारी नगरपालिका(३ का पवित्रकुमार कार्की
२४) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(४ का शम्भु शेर्पा

१० कार्तिक २०७६, आईतवार २१:२६  मा प्रकाशित

Write your Comment