माडी ३० कात्तिक :
जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको जानकारी दिए ।
प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमण प्रयास गरेको थियो ।
चितवनमा जंगली हात्तीले ज्यान लिएको यो पहिलो घटना भने होइन । एक महिनाअघि माडी नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय पञ्चमाया तामाङको मृत्यु भएको थियो